Saturday, February 19, 2011

छुट्यो साथ


छुट्यो साथ दोबाटोमा साथी खोजी रहेँ
मुटु जल्यो पिरतीले मलम खोजी रेहेँ

पुग्नु छ टाडा टाडा एक्लै भए पनि
वेदनाको घाउ दु:ख्छ खाटो गए पनि
प्रेम सागर तर्न भनी डुंगा खोजी रहेँ
मुटु जल्यो पिरतीले मलम खोजी रहेँ

भयो जीवन उजाड अनी मरुभुमी सरी
सम्झनामा नआउ भन्छु आँउछौ घरी घरी
नयाँ पालुवा हाल्न भनी बर्षात खोजी रहेँ
मुटु जल्यो पिरतीले मलम खोजी रहेँ